पहिलो ओभरमै करणले लिए दुई विकेट

सफल खबर संवाददाता

शनिबार, १९ फागुन २०८०, ११ : ५३
पहिलो ओभरमै करणले लिए दुई विकेट

काठमाडौँ । त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खलाअन्तर्गत नेदरल्यान्डविरुद्ध नेपाललाई पहिलो ओभरमै दुई सफलता मिलेको छ ।

करण केसीले नेपाललाई पहिलो ओभरमै दुई सफलता दिलाएका हुन् । पहिलो ओभरको चौथो र अन्तिम बलमा करणले विकेट लिएका हुन् । चौथो बलमा माइकल लेभिटलाई दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराए।छैटौँ बलमा एंगलब्रेक्टलाई आशिफ शेखबाट क्याच आउट गराए।

प्रतिक्रिया दिनुहोस