काठमाडौँ । एमालेका सांसद रघुजी पन्तले नेपाल र नेपालका प्रधानमन्त्रीलाई भारतका पूर्व जनरल अशोक मेहताले अपमानजनक आलेख लेखेकोमा आपत्ति जनाएका छन् । मेहताले नेपालको चीनसँग जोडिएका धेरै जिल्लामा सीमा मिचिएको, वर्तमान गठबन्धन सरकार भारतका लागि उपयुक्त भएको आलेखमा लेखिएको भन्दै उनले त्यसप्रति आपत्ति जनाएका हुन् ।
‘मेहताको आलेख नेपाल र नेपालीका लागि आपत्तिजनक छ । भारतले अहिलेको गठबन्धन ठिक भएको र चीनसँगको सम्झौता रोकेर राखेको, भारतका लागि राम्रो गरेको छ। अहिले प्रचण्ड भारतका लागि उपयुक्त पात्र छन् । तबेलामा राखिएका देउवा भविष्यका लागि उपयुक्त छन् ।
भनेर लेखिएका छन् । मेरो प्रधानमन्त्री प्रचण्डसँग सयौँ मतभेद होलान् । देउवासँग सयौँ मतभेद होलान् । हाम्रा प्रधानमन्त्रीलाई विदेशीले अपमानजनक ढंगबाट लेखिँदा परराष्ट्रमन्त्रीले आफ्नो प्रतिक्रिया जारी गर्नुपर्दैन ?’, शुक्रवार संसदमा उनले बोलेका छन् ।
चीनले उत्तरी जिल्ला दार्चुला, मुस्ताङ, गोरखा, रसुवा र सोलुखुम्बुमा नेपालको सिमाना मिचिएको भनेर लेखेको भन्दै यस विषय साँचो हो कि झुटो हो भन्ने विषयमा स्पष्ट पार्न माग गरेका छन् ।२७ फेब्रुअरीमा एक अनलाइन पोर्टलमा ‘इन्डिया इज द राइट ट्र्याक इन द नेपाल’ शीर्षकमा उक्त आलेख रहेको दाबी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ फागुन २०८०, १३ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पात्रमा मात्र होइन, परिस्थितिमा पनि जनताले परिवर्तन खोजेका छन् : रघुजी पन्त
भारतीय दूतावासलाई सिधै २० करोड खर्च गर्न दिने सम्झौता देश हित विपरीत : सांसद पन्त
प्रधानमन्त्रीको चीन भ्रमणको प्राथमिकताबारे सदनलाई जानकारी गराउन एमालेको माग
संसदमा प्रमुख प्रतिपक्षको आवाज दबाउन सत्तापक्षले विरोध गर्यो : सांसद पन्त
राष्ट्रपति र उपराष्ट्रपतिलाई सल्लाहकार आवश्यक छैन : सांसद पन्त