काठमाडौं । नेपाल आयल निगम लिमिटेडले बिहीवार राति एक प्रेस विज्ञप्ती जारी गर्दै भारतबाट आज फागुन १७ गते गते (२९ फेब्रुअरी) प्राप्त भएको नयाँ खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएको छ ।
निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट आएको पछिल्लो मूल्य अनुसार पेट्रोल र डिजेलको मूल्यमा प्रति लिटर क्रमशः ०.२१ रुपैयाँ तथा ०.८५ रुपैयाँले बढेर आएको छ ।त्यस्तै एल.पि. ग्यासको मूल्यमा प्रति सिलिण्डर २१.६६ रुपैयाँले बढेर आई प्रतिसिलिण्डर नोक्सानी ३२५.०९ रुपैयाँ पुगेको निगमले उल्लेख गरेको छ ।
निगमद्वारा जारी विज्ञप्तीमा भनिएको छ– ‘उपभोक्ताको हितलाई ध्यानमा राखि हाललाई पेट्रोल, डिजेलमट्टितेल, हवाई इन्धन तथा एल.पि. ग्यासको साबिकको खुद्रा विक्री मूल्य यथावत राखिएको छ ।’
यस्तो छ प्रेस विज्ञप्ती


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ फागुन २०८०, २१ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डिजेल र मट्टितेलको मूल्य घट्यो