तेजाव छर्किदा दिदीबहिनीको अनुहार जल्यो

सफल खबर संवाददाता

बुधबार, २७ भदौ २०७५, १४ : ४२
तेजाव छर्किदा दिदीबहिनीको अनुहार जल्यो

file photo

रौतहट । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा दुई दिदीबहिनीको अनुहारमा अपरिचित समूहले तेजाव छर्किएको छ ।

घरमा सुतिरहेका दुई दिदीबहिनीको अनुहारमा अज्ञात समूहले मंगलबार राति तेजाब छर्किएको हो । घटनामा संलग्नको पहिचान हुन सकेको छैन ।

अनुहारमा तेजाब परेर सख्त घाइते दिदीबहिनीलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । अज्ञात समूह घरमा प्रवेश गरी ढोका खोलेर दुवै दिदीबहिनीको अनुहारमा तेजाब फालेर भागेको घाइतेका बुवाले बताएका छन् ।

तेजाबले दिदीबहिनीको आँखा, टाउकोर अनुहारमा गहिरो चोट लागेको छ । दुवै बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक युवराज खड्काले तेजाब छर्किने व्यक्तिको खोजी भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस