नारायणी अस्पतालमा शिशु छाडेर आमा बेपत्ता

सफल खबर संवाददाता

आइतबार, १३ फागुन २०८०, १९ : ३२
नारायणी अस्पतालमा शिशु छाडेर आमा बेपत्ता

काठमाडौँ । नारायणी अस्पताल, वीरगञ्जमा एक जना महिला नवजात शिशु छाडेर हिँडेकी छन् । छोरी जन्मिएको भन्दै परिवारले झगडा गरेपछि उनी हिँडेकी बताइएको छ । पर्सा प्रहरीका अनुसार, १२ फागुनमा एक जना महिलाले शिशुलाई जन्म दिएकी थिइन् ।

तर, साँझ ती महिला र उनको सासू बच्चालाई छाडेर सम्पर्कविहीन भएको भन्दै जानकारी आएको प्रहरी स्रोतको भनार्ई छ । 

प्रतिक्रिया दिनुहोस