सुन्थराली विमानस्थलमा परीक्षण उडान सफल

सफल खबर संवाददाता

आइतबार, १३ फागुन २०८०, १३ : २४
सुन्थराली विमानस्थलमा परीक्षण उडान सफल

काठमाडौँ । कालिकोटको सुनथराली विमानस्थलको परीक्षण उडान सफल भएको छ। आइतबार प्राविधिक टोलीसहित नेपालगञ्जबाट उडेको तारा एयरको जहाजले सुनथराली विमानस्थलको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको हो ।

२०४२ सालमा निर्माण कार्य सुरु गरिएको सुनथराली विमानस्थल २०७९ साल माघ ११ गते निर्माण कार्य सम्पन्न भएको थियो।विमानस्थल उद्घाटनका लागि यसअघि तीनपटक समय तोकिए पनि विभिन्न कारणले उद्घाटन हुन सकेको थिएन।

भोलि सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीद्वारा विमानस्थल उद्घाटन गर्ने तयारी भइरहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस