काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई व्यङ्ग्य गर्दै गरेको प्रयोग गरेको शब्दप्रति सत्तारुढ दलहरूले आपत्ति जनाएका छन् । राप्रपाकी सांसद कार्कीले प्रधानमन्त्रीसँग ‘फटाहा बोल्ने गुण थपिएर आएछ’ भनेकी थिइन् । त्यसपछि काँग्रेसकी सचेतक सुशीला थिङले नियमापत्ति गरिन् ।
‘प्रतिनिधि सभा नियमावली २०७९ को नियम २१ को घ बमोजिम नियमापत्ति गर्न चाहन्छु । सम्माननीय प्रधानमन्त्रीलाई यही सदनमा फटाहा भन्ने शब्द चयन भयो । तयसकारण यो शब्द अश्विल भएकाले नियमापत्ति जनाएको छु’ काँग्रेस सचेतक थिङले भनिन् ।
सभामुख देवराज घिमिरेले आफ्नो ध्यानाकर्षण भएको बताए । साथै सिंगो सदनको ध्यान आकृष्ट गराएको भन्दै एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीलाई बोल्न दिए । सभामुखको भनाइमा चित्त नबुझाएर काँग्रेसकै सांसद देवप्रसाद तिमिल्सनाले पनि नियमापत्ति गर्न खोजे । तर सभामुखले समय दिएनन् । ‘ध्यानाकर्षण भयो मैले भनिसकेँ । अब यसमा धेरै अगाडि नजाऔँ । ध्यान आकृष्ट भएको छ । ध्यान पुर्याएर सम्पूर्ण माननीय सदस्यले आफ्नो कुरा राख्दा राख्नुहुनेछ’ सभामुख घिमिरेले भने ।
आसनबाट उठेर काँग्रेस सांसद तिमिल्सनाले प्रधानमन्त्रीका सम्बन्धमा प्रयोग भएको गलत शब्द हटाएर जानुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० फागुन २०८०, १४ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
यस्तो छ प्रतिनिधि सभाको शुक्रबारको बैठकका लागि सम्भावित कार्यसूची
प्रतिनिधि सभाबाट चार अध्यादेश स्वीकृत
मन्त्रीहरूको उपस्थितिपछि प्रतिनिधि सभाको अवरुद्ध बैठक पुनः सञ्चालन
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल
प्रतिनिधि सभामा राष्ट्र बैंक-तेस्रो संशोधन विधेयक-२०८३ प्रस्तुत