काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले हिन्दू राष्ट्र पक्षमा ल्याइएको प्रस्ताव अस्वीकार गरिएको छ । हिन्दू राष्ट्र पक्षमा उभिएका अभियन्ताहरूलाई प्रस्ताव फिर्ता लिन र पार्टीको जारी महासमिति बैठकमा छलफलका लागि दबाब नदिन देउवाले गरेको आग्रहलाई उनीहरूले अस्वीकार गरेका छन्।
बुधबार बिहान देउवाको बुढानीलकण्ठस्थित निवासमा पार्टी सांसद् शंकर भण्डारी तथा हिन्दू राष्ट्र अभियानका सह-संयोजक लोकेश ढकाललगायत आधा दर्जनभन्दा बढी अभियन्ताहरूले भेटी सो प्रस्तावलाई बहसका साथ स्वीकार गर्ने वातावरण बताउन आग्रह गरेका थिए।
सभापति देउवाले मुलुकमा विद्यमान परिस्थितलाई हेर्दै यो प्रस्तावलाई अगाडि बढाउन सहज नभएकोले फिर्ता लिन उनीहरूलाई आग्रह गरेका थिए । तर अभियन्ता समूहले मुलुकमा व्याप्त जनभावनालाई बेवास्ता गरिएमा त्यसले पार्टीभित्र र बाहिर काँग्रेसको विरोधमा ठूलो जनलहर उत्पन्न हुने चेतावनी दिएको वार्तामा सहभागी एक जनाले जानकारी दिएका छन् ।
हालसम्म ४२ जना काँग्रेस केन्द्रीय सदस्य र करिब २२ सय कुल महासमिति सदस्यमध्ये ९३५ ले उक्त प्रस्तावमा हस्ताक्षर गरिसकेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ फागुन २०८०, १२ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ
कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा कांग्रेसका स्थानीय नेता पक्राउ
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)