काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले हिन्दू राष्ट्र पक्षमा ल्याइएको प्रस्ताव अस्वीकार गरिएको छ । हिन्दू राष्ट्र पक्षमा उभिएका अभियन्ताहरूलाई प्रस्ताव फिर्ता लिन र पार्टीको जारी महासमिति बैठकमा छलफलका लागि दबाब नदिन देउवाले गरेको आग्रहलाई उनीहरूले अस्वीकार गरेका छन्।
बुधबार बिहान देउवाको बुढानीलकण्ठस्थित निवासमा पार्टी सांसद् शंकर भण्डारी तथा हिन्दू राष्ट्र अभियानका सह-संयोजक लोकेश ढकाललगायत आधा दर्जनभन्दा बढी अभियन्ताहरूले भेटी सो प्रस्तावलाई बहसका साथ स्वीकार गर्ने वातावरण बताउन आग्रह गरेका थिए।
सभापति देउवाले मुलुकमा विद्यमान परिस्थितलाई हेर्दै यो प्रस्तावलाई अगाडि बढाउन सहज नभएकोले फिर्ता लिन उनीहरूलाई आग्रह गरेका थिए । तर अभियन्ता समूहले मुलुकमा व्याप्त जनभावनालाई बेवास्ता गरिएमा त्यसले पार्टीभित्र र बाहिर काँग्रेसको विरोधमा ठूलो जनलहर उत्पन्न हुने चेतावनी दिएको वार्तामा सहभागी एक जनाले जानकारी दिएका छन् ।
हालसम्म ४२ जना काँग्रेस केन्द्रीय सदस्य र करिब २२ सय कुल महासमिति सदस्यमध्ये ९३५ ले उक्त प्रस्तावमा हस्ताक्षर गरिसकेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ फागुन २०८०, १२ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक