काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी रहने छ ।
गत सोमवार देखी सुरू भएको महासमिति बैठकमा हिजो पाँचवटा प्रतिवेदन पेश गरिएको थियो । बैठक गोदावरीमा जारी रहने छ ।
महासमिति बैठक दोस्रो दिन पाँच वटा प्रतिवेदन पेश गरिएको प्रचार बिभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन। हिजोका बैठकको सुरुमा उपसभापति तथा उपप्रधान तथा रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गरेका थिए भने महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयीक राजनीतिक प्रतिवेदन पेश गरेका छन ।
पार्टी प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, संभावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन माथी आजबाट छलफल सुरू हुनेछ ।
समुहगत रूपमा पाँच प्रतिवेदन माथी आजबाट छलफल हुने कांग्रेसले जनाएको छ । महासमिति बैठक फागुन १० सम्म जारी रहने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ फागुन २०८०, ०७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस
पुस ११ भित्र नयाँ र नवीकरण गरेका क्रियाशील सदस्यताको विवरण पठाइसक्न काँग्रेसको परिपत्र
केपी ओलीको क्षेत्रमा कांग्रेसबाट प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस
कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बस्दै
कांग्रेसले संसद् पुनर्स्थापनालाई लिएर निवेदन दियो सर्वाेच्चमा, महामन्त्री भन्छन्– पार्टीको धारणा होइन