काठमाडौँ । देशभरका लघुवित्त पीडितहरू काठमाडौँ आइपुगेका छन्। उनीहरूले न्याय मार्च नाम दिएर न्याय नपाएको भन्दै काठमाडौँ प्रवेश गरेका हुन्।
काठमाडौंमा मंगलवार प्रदर्शनका क्रममा आन्दोलनमा सहभागी रोल्पाका गगन विश्वकर्माले लघुवित्तीय संस्थाहरूले बढी ज्यादती गरेको हुनाले आन्दोलन गर्नुपरेको बताए। उनले लघुवित्तीय संस्थाहरूले ऋणीसँग चर्को ब्याज असुलेको बताए।
उनले भने, ‘लघुवित्तीय संस्थाहरूले बढी ज्यादती गरेको हुनाले कसैलाई घरबारविहीन बनाए, कसैलाई जग्गा लुटेर बैंकमा लुटपाट गराइदिने, बढी चर्को ब्याज असुलेका छन्। पीडितलाई बढी दबाब दिएकाले आन्दोलन गरेका हौँ।’
लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिले बुधवारदेखि काठमाडौँ लक्षित आन्दोलन गर्ने बताएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ फागुन २०८०, १९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौंमा सहकारी र लघुवित्त पीडितहरुको प्रदर्शन
शान्तिबाटिकादेखि बालुवाटारसम्म सहकारी तथा लघुवित्त पीडितले निकाले र्याली
सहकारी तथा लघुवित्त पीडितले काठमाडौँमा गरे प्रदर्शन