भारतमा रहेका नेपालीले सहजै भारतीय सिमकार्ड पाउने

सफल खबर संवाददाता

मंगलबार, ०८ फागुन २०८०, ०९ : ३०
भारतमा रहेका नेपालीले सहजै भारतीय सिमकार्ड पाउने

काठमाडौ । अब नेपालीहरूले पनि भारतीय सिमकार्ड पाउने भएका छन् ।

नेपाली नागरिकहरूले आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र वा दूतावासले जारी गरेको परिचय पत्रको आधारमा भारतको सीमकार्ड लिन सक्ने भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले जानकारी दिएका छन् । 

यसअघि नेपाली नागरिकहरूले भारतीय सिमकार्ड पाउँदैनथे । भारत पुगेका नेपालीहरूले भारतीय नागरिककै सिमकार्ड प्रयोग गर्नुपर्ने बाध्यता थियो ।

‘यसअघि प्राविधिक कारणले नेपालीलाई भारतीय सीमकार्ड दिन अस्वीकार गरिएको थियो । हाम्रो अनुरोधपछि भारतको विदेश मन्त्रालय र सञ्चार मन्त्रालयले स्वीकार गरेको छ,’ डा. शर्माले एक्समा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस