पाल्पामा टिपर दुर्घटना : २ जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ०७ फागुन २०८०, १४ : ५५
पाल्पामा टिपर दुर्घटना : २ जनाको मृत्यु

बुटवल। पाल्पामा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।रुपन्देहीको देवदह खैरेनीबाट सोमवार बिहान पाल्पाको घामिकास्थित चुनढुंगा खानीमा जाँदै गरेको लु २ ख ५६१ नम्बरको टिपर माथागढी गाउँपालिका–५, हात्तीलुङ आर्थोकघाटमा दुर्घटनामा परेको हो ।

पाल्पाको रहवास–खैरेनी सडक अन्तर्गत भएको दुर्घटनामा परी टिपर चालक रुपन्देही तिलोत्तमा नगरपालिका १६ का २४ वर्षका प्रदीप कुमाल र सोही स्थानका सहचालक १८ वर्षका मनीष परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।

दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गर्न माथागढी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट टोली खटिएको छ ।

 

प्रतिक्रिया दिनुहोस