मुख्यमन्त्री यादवले पाए विश्वासको मत

सफल खबर संवाददाता

आइतबार, ०६ फागुन २०८०, १९ : ०६
मुख्यमन्त्री यादवले पाए विश्वासको मत

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक प्रदेश सभाबाट विश्वासको मत लिएका छन् । १०७ सदस्यीय प्रदेश सभामा ६९ जना सांसदले उनको पक्षमा मतदान गरेका हुन्। ३५ जना सांसदले भने उनको विपक्षमा मतदान गरे।

नेकपा एमाले र जनमत पार्टीले मुख्यमन्त्री यादवको विपक्षमा मतदान गरेका हुन्। आजको प्रदेश सभा बैठकमा १०४ जना सांसद उपस्थित भएका थिए। गत माघ ९ गते जनमत पार्टी सरकारबाट बाहिरिएपछि र समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिएका हुन्।

जसपाका यादव गत पुस २७ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। 

प्रतिक्रिया दिनुहोस