नेपाल टिम ‘ए’ आज क्यानडा-११ सँग भिड्दै

सफल खबर संवाददाता

आइतबार, ०६ फागुन २०८०, ०८ : ४५
नेपाल टिम ‘ए’ आज क्यानडा-११ सँग भिड्दै

काठमाडौ । नेपाल क्रिकेट संघ (क्यान) द्वारा घोषित टिम ‘ए’ले तीन खेलको एक दिवसीय अभ्यास खेलअन्तर्गत आज क्यानडा–११ सँग खेल्दै छ।

नेपाल ए र क्यानडा ११ बीचको पहिलो खेल अहिले बिहान ९ः३० बजे माथिल्लो मूलपानी क्रिकेट मैदानमा सुरु हुनेछ। 

क्यनडाविरुद्ध खेलका लागि क्यानले गत बुधबार विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो। जसमा प्रधानमन्त्री कप, यू–१९ विश्वकप र नेपालको सिनियर टोलीमा नपरेका खेलाडी छन्।

आईसीसी विश्वकप लिग २ को तयारीमा रहेको क्यानडाले यसअघि नेपालको राष्ट्रिय टोलीसँग तीन खेलको ओडीआई सिरिज खेलेको थियो। जुन सिरिज नेपालले क्लिन स्विप गरेको थियो।

नेपालको टिम ए मा ३६ खेलाडीलाई समावेश गरिएको छ। त्यही टोलीबाट क्यानडासँगको सिरिजका लागि १६ खेलाडीलाई छनोट गरिएको हो।

१६ सदस्यीय टोली
विनोद भण्डारी, आशुतोष घिरैया, अर्जुन कुमाल, बसिर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, यमन यादव, प्रतिश जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, साहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया।

प्रतिक्रिया दिनुहोस