काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समिति बैठकमा पार्टीमा आन्तरिक निर्वाचनको आवाज उठेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकमा बोल्ने नेताहरूले पार्टीभित्र आन्तरिक लोकतन्त्र सुनिश्चित गरेर युवालाई आकर्षित गर्नुपर्ने प्रस्ताव गरेका हुन् । माओवादीका सबैजसो कमिटीमा नेतृत्व चयन सर्वसम्मत बनाउने प्रयास गर्दा पार्टी चलायमान नभएको भन्दै पार्टीभित्र निर्वाचन हुनुपर्ने माग नेताहरूले गरेको पार्टी सचिव देवेन्द्र पौडेलले बताए ।
“स्थायी समितिका सबै नेताले बोल्नुभयो । विधान नयाँ बनाउनु पर्छ । केन्द्रीय समितिबाट सुझाव लिएर विधान अधिवेशनमा छलफल गरी निर्णय गर्नु पर्छ भन्ने सुझाव आएका छन्,” उनले भने, “पुरानै ढर्राबाट पार्टी र आन्दोलन अगाडि बढ्न सक्दैन । यसलाई परिवर्तन गर्नु जरुरी छ । नयाँ पुस्तालाई पार्टीमा आकर्षित गर्न आन्तरिक निर्वाचन गर्न दिनु पर्छ ।” गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २८ माघ २०८०, ०८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
जेनजी आन्दोलनमाथि भएको दमनको छानबिनको माग गर्न अखिल क्रान्तिकारी चितवनद्वारा ८० हजार हस्ताक्षर
नेकपा र भीम रावल नेतृत्वको अभियानबिच ७ बुँदे सहमति (पत्रसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था