काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडा र पोर्चुगलका लागि आवासीय राजदूतमा नियुक्त गरेका छन् । क्यानडा लागि भरतराज पौडेल र पोर्चुगलका लागि शनिल नेपाललाई आवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
संविधानको धारा २८२ को उपधारा (१) बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले क्यानाडाका लागि पौडेल र पोर्चुगलका लागि नेपाललाई आवासीय राजदूतमा नियुक्त गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
सरकारले तत्कालीन परराष्ट्र सचिव पौड्याललाई कात्तिक ३ गते क्यानडाका लागि राजदूत सिफारिस गरेको थियो भने कात्तिक २३ गते नेपाललाई पोर्चुगलको राजदूत नियुक्त गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ माघ २०८०, २० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यानडाको लिबरल पार्टीले जित्यो चुनाव
क्यानडाले रुसी तेल ट्यांकर र जहाजमाथि नयाँ प्रतिबन्ध लगायो
क्यानडामा विदेशी कामदारको संख्या घटाउने प्रधानमन्त्री ट्रुडोको घोषणा
चीनबाट आउने सामानमा क्यानडाले लगायो २५ प्रतिशत कर