काठमाडौ । घरेलु मैदानमा हुने तीन खेलको एक दिवसीय सिरिजको पहिलो खेलमा नेपालले पाहुना टोली क्यानडाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो।
क्यानडाविरुद्धको खेलबाट नेपालका २ खेलाडीले ओडिआइमा डेब्यु गर्दैछन्। युवा खेलाडी सूर्य तामाङ र रिजन ढकालले डेब्यु गर्नेछन्।
नेपाली खेलाडी
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, रिजन ढकाल, सूर्य तामाङ, आसिफ शेख, ललित राजवंशी, सोमपाल कामी।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ माघ २०८०, ०९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टी-२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेलमा आज क्यानडासँग भिड्दै नेपाल
क्यानडाको लिबरल पार्टीले जित्यो चुनाव