गठबन्धन सरकारकै कारण देश बर्बाद भयो : सांसद श्रेष्ठ

सफल खबर संवाददाता

बुधबार, २४ माघ २०८०, १४ : ३५
गठबन्धन सरकारकै कारण देश बर्बाद भयो : सांसद श्रेष्ठ

काठमाडौं । राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले गठबन्धन सरकारका कारण देश बर्बाद भएको बताएका छन्। बुधबार राष्ट्रिय सभाको बैठकमा उनले यस्तो बताएका हुन्।उनले देशमा भयावह स्थिति सिर्जना भएको र दिनप्रतिदति देश असफलतातिर गएको बताए। उनले  देशमा भ्रष्टाचारले सीमा नाघेको र सुशासन कायम नरहेको जिकिर गरे। उनले नेकपा एमाले ०८४ मा बहुमतका साथ आफ्ना योजना लिएर सरकारमा आउने दाबी गरे।

उनले इतिहासमा सबैभन्दा कमजोर सरकार अहिलेको भएको बताए। अहिलेको सरकारले देशको सार्वभौम सत्ता, नेपालको स्वाभिमान, नेपाली स्वाधीनतालाई कमजोर बनाउने काम तथ्य प्रमाणले प्रमाणित गरेको बताए।

उनले भने, ‘देशमाथि जुन भयावह स्थिति सिर्जना भएको छ। देश असफलतातिर गएको छ। देश अराजकतातिर गएको छ। देशमा भ्रष्टाचार भएको छ। देशमा सुशासन कायम छैन। यी सवालहरुमा हामीले कुरा उठाउँदा सत्तामा जानुपर्छ भन्ने मान्यता होइन। मिसन ०८४ मा नेकपा एमाले आफ्नो योजना लिएर बहुमतका साथ आउँछ। इतिहासमा सबैभन्दा कमजोर सरकारमा रुपमा अहिलेको सरकार छ। वर्तमान सरकारकै कारण देश बर्बाद भएको छ।’

सांसद श्रेष्ठले गठबन्धन सरकार समग्र रुपमा असफल भएको बताए।

प्रतिक्रिया दिनुहोस