न्यायिक छानबिन आयोग नबनेसम्म आन्दोलन जारी : सांसद श्रेष्ठ

सफल खबर संवाददाता

मंगलबार, २० साउन २०८२, १३ : ३६
न्यायिक छानबिन आयोग नबनेसम्म आन्दोलन जारी : सांसद श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले भिजिट भिसाको नाममा नेपालमा सांगठानिक भ्रष्टाचार भएको आरोप लगाएका छन् । उनले भिजिट भिसा प्रकरण केवल व्यक्तिगत भूल र प्रशासनिक त्रुटि नभएर राज्यशक्तिको संरक्षणमा लुकाईएको संगठित, योजनाबद्ध र दलाल संरचनाको कर्तुत भएको आरोप लगाए ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले भने,‘यो काण्डको जरा कहाँसम्म फैलिएको छ भन्ने कुरा र प्रश्न प्रत्येक नेपालीको मनमा छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिट भिसा काण्डमा अझैसम्म सत्य पूर्ण रुपमा आएको छैन ।’

अहिले सरकारले बनाएको छानबिन समिति टालटुले समिति भएको बताए । उनले यो प्रकरणमा गहिरो छानबिनको लागि न्यायिक आयोग वा संसदीय छानबिन समितिको माग गरे । उनले यो प्रकरणमा दोष् जोसुकै भए पनि कडाभन्दा कडा कारबाही हुनुपर्ने आफूहरुको माग रहेको सुनाए । उनले यो प्रकरणमा चिक्तबुझ्दो जवाफ नपाएसम्म आन्दोलनबाट ब्याक नहुने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस