वैदेशिक रोजगारीमा गएकालाई सर्वोत्तमको ५० कित्ता सेयर

सफल खबर संवाददाता

बुधबार, १७ माघ २०८०, ११ : २१
वैदेशिक रोजगारीमा गएकालाई सर्वोत्तमको ५० कित्ता सेयर

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीहरु सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर ५० कित्ताका दरले पाएका छन् । निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई सेयर बाँडफाँड गर्दै प्रतिव्यक्ती ५० कित्ताका दरले सेयर पाएको जनाएको हो ।

सर्वोत्तम सिमेन्टले पुस २५ गतेदेखि माघ १० गतेसम्मको अवधिमा वैदेशिक रोजगारीमा गएका नेपालीलाई सेयर बिक्री खुलाएको थियो । वैदेशिक रोजगारतर्फ कम्पनीले प्रतिकित्ता ३९०.९० रुपैयाँका दरले २ लाख ६७ हजार कित्ता सेयर छुट्याइएको थियो ।

 स्वीकृती लिएर रोजगारीमा गएकामध्ये ३३ हजार ८२४ जनाले यो सेयरमा आवेदन दिएका थिए । यसमध्ये १४ आवेदन रद्ध भएको बिक्री प्रबन्धकले जनाएको छ । कूल आवेदकले २१ लाख ३९ हजार २२० कित्ता सेयर माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस