रासायनिक मल छुटाइदिने नाममा ८ हजार घुस लिएका असईविरुद्ध भ्रष्टाचार मुद्दा

सफल खबर संवाददाता

आइतबार, १४ माघ २०८०, १५ : ३९
रासायनिक मल छुटाइदिने नाममा ८ हजार घुस लिएका असईविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। प्रहरी चौकी खडैचा बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गजेन्द्रसिंह भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

कृषि प्रयोजनका लागि भारतबाट ल्याएको रासायनिक मल छुटाइदिने नाममा सेवाग्राहीसँग ८ हजार रुपैयाँ घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

 

घुस रकमलाई बिगो कायम गरी बिगोबमोजिम जरिवानाको माग दाबी राखेर मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

असई भण्डारी सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पुस २५ गते पक्राउ परेका थिए ।

 

प्रतिक्रिया दिनुहोस