टाइगर कप भलिबल : श्रीलङ्का आर्मीलाई हराएर एपिएफ तेस्रो

सफल खबर संवाददाता

शनिबार, ०६ माघ २०८०, १३ : ०७
टाइगर कप भलिबल : श्रीलङ्का आर्मीलाई हराएर एपिएफ तेस्रो

पोखरा । पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ विभागीय टिम एपिएफ तेस्रो बनेको छ । श्रीलङ्का आर्मी टिमलाई सोझो सेटमा हराएर एपिएफले स्थान बनाएको हो । 

शनिवार पोखरा रङ्गशालामा भएको खेलमा एपिएफले पहिलो सेट २५–२३ दोस्रो सेट २५–२१ र अन्तिम सेट २७–२७ स्कोरले हराएको हो ।योसँगै एपिएफले १ लाख २५ हजार ५ सय ५५ पुरस्कार जितेको छ । आजै दुवैतर्फको फाइनल हुनेछ ।

प्रतिक्रिया दिनुहोस