निजामती दिवस

यसरी मनाईयो चितवनमा निजामती दिवस, जवाफदेही र पारदर्शी भएर काम गर्न महानगगर प्रमुख दाहालको निर्देशन

सुरेन कुँवर

शुक्रबार, २२ भदौ २०७५, १२ : १५
यसरी मनाईयो चितवनमा निजामती दिवस, जवाफदेही र पारदर्शी भएर काम गर्न महानगगर प्रमुख दाहालको निर्देशन

चितवन : चितवनमा निजामती दिवस २०७५ विभिन्न कार्यक्रम गरि मनाईएको छ । निजामती दिवसको अवसरमा आज (शुक्रबार) भरतपुरको चौबिसकोठी देखि जिल्ला समन्वय समितिसम्म ¥याली निकालिएको थियो । 

यस पटकको नारा ‘नतिजामुखि प्रशासन ,समृद्धि र सुशासन’ रहेको छ । ¥यालीमा निजामती कर्मचारी अन्तरगतका विभिन्न निकायका कर्मचारीहरुको सहभागिता रहेको थियो । दिवसको अवसरमा निजामती कर्मचारीहरु बीच विभिन्न प्रतियोगिता ,रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

¥यालीपछि कार्यक्रममा सम्बोधन गर्नु हुँदै भरतपुर महानगर प्रमुख रेनु दाहालले स्थानिय सरकार जनतासँग सिधै जोडिने भएकाले गुनासो आउन नदिने ढङगबाट कार्य सम्पादन गर्नुपर्नेमा जोड दिनुभयो । जनताको गुनासोलाई कमि ल्याउन इमान्दारीता ,जवाफदायी र पारदर्शी भएर काम गर्न निजमती कर्मचारीलाई निर्देशन दिनुभयो ।

देश संघियतामा गईसकेकाले हाम्रो सोच,व्यवहार र कार्य सम्पादनमा परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । दाहालले राजनीतिक प्रतिनिधि र निजामती कर्मचारी एक सिक्काको दुई पाटोको रुपमा अघि बढेमात्र हरेक क्षेत्रमा सफलता हासिल हुने बताउनुभयो ।

कार्यक्रमका संयोजक एव प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले इमान्दारीता पुर्वक कार्यसम्पादन गरे प्रतिफल पनि राम्रै आउने बताउनुभयो । निजामती कर्मचारीले जनताको पक्षमा सधै काम गरे मात्र देश समृद्ध हुने बताउनुभयो ।
नेपालमा निजामती सेवा गठन भएको ६२ वर्ष पूरा भए पनि २०६२ साल भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो ।
विक्रम सम्वत् २०१३ साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामति दिवस मनाउन थालिएको हो । अहिले नेपालमा करिब ८३ हजार  निजामती कर्मचारी कार्यरत छन् ।     

प्रतिक्रिया दिनुहोस