आन्दोलनका लागि तयार हुनुपर्छ: डा.सीके राउत

सफल खबर संवाददाता

शुक्रबार, ०५ माघ २०८०, १६ : ४२
आन्दोलनका लागि तयार हुनुपर्छ:  डा.सीके राउत

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले अधिकार अझै नपाएको भन्दै आन्दोलनका लागि तयार हुनुपर्ने बताएका छन् । सिरहाको लहानस्थित शहिद रमेश महतोको शालिकमा माल्यार्पण र श्रद्धाजली दिदै उनले भने, ‘रमेश महतो सहादत दिएको १७ वर्ष वित्यो । संघीयता आयो । तर अधिकार पाएनौं । विभेद पनि कायमै छ । त्यसैले जनमत पार्टी संघर्षका लागि तयार छ । मधेशी जनता पनि तयार हुनुपर्छ ।’

‘मेचीदेखि महाकालीसम्म २२–२४ जिल्लाको समग्र मधेश एक प्रदेशका लागि आन्दोलन भएको थियो’, अध्यक्ष डा राउतले भने, ‘तर ८ जिल्लामा सिमित गरियो ।’ उनले हरेक ठाउँमा विभेद कायम रहेको र जनमत पार्टी मात्र विरोध गर्दै आएको बताए ।

डा. राउतले न्यायाधिश नियुक्ति र राष्ट्रियसभामा उम्मेदवार चयनमा समेत विभेद गरिएको बताए । मधेशबाट भोट लिने तर मधेशीलाई कतै ठाउँ नदिने दलहरुको प्रवृत्ति देखिएको उनको भनाइ छ ।

उनले भने, ‘न्यायाधिश नियुक्तिको पनि हामीले विरोध गरेका छौं । राष्ट्रियसभामा पनि उम्मेदवार उठाएका छौं । अब आन्दोलनको विकल्प छैन् ।

प्रतिक्रिया दिनुहोस