रुपन्देहीको गिद्धे भिरमा टिपर दुर्घटना, आमाछोरीको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, ०५ माघ २०८०, १५ : ५६
रुपन्देहीको गिद्धे भिरमा टिपर दुर्घटना, आमाछोरीको मृत्यु

बुटवल। रुपन्देहीको देवदह –६ स्थित गिद्धे भिरमा टिपर दुर्घटना हुँदा आमाछोरीको मृत्यु भएको छ ।​देवदहको खैरेनीदेखि पाल्पाको माथागढी बालुवा लिएर जाँदै गरेको लु २ ख ४५०९ नम्बरको टिपरविपरीत दिशाबाट आउँदै गरेको सवारीलाई साइड दिने क्रममा बिहीवार साँझ दुर्घटनामा परेको थियो ।

 

दुर्घटनामा परी माथागढी गाउँपालिका ६ रहबासका ३५ वर्षीया भिमिसरा सारू र उनकी २ वर्षीया छोरी सरस्वती सारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।​​टिपर  चालक देवदह नगरपालिका–७ का २७ वर्षीय सुकदेव वारखरे र माथागढी गाउँपालिका ६ की २२ वर्षीया सृजना सारू घाइते भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस