दुई करोड बढी रकमसहित चार जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, ०५ माघ २०८०, ०९ : २२
दुई करोड बढी रकमसहित चार जना पक्राउ

काठमाडौ । दुई करोड बढी रकमसहित चार जना पक्राउ परेका छन् ।

उनीहरूलाई गएराति काठमाडौंको चाबहिल क्षेत्रबाट राजश्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा एक जना नरेश अग्रवाल रहेका छन् । अरु २ जनाको नाम भने खुलाइएको छैन ।

विभागका प्रवक्ता नवराज अधिकारीका अनुसार उनीहरूको साथबाट दुई करोड ३० लाख नेपाली रुपैयाँ बरामद भएको छ । 

उनीहरू हुण्डी कारोबारी हुनसक्ने विभागको आशंका छ । यसबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस