टिपर दुर्घटनामा सहचालकको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ०४ माघ २०८०, २० : २९
टिपर दुर्घटनामा सहचालकको मृत्यु

बैतडी । मेलौली नगरपालिका-६ हतरंगास्थित सडकमा सु.प.प्र.०१००१ क २३९४ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा सहचालक सोही नगरपालिका-१ नोर्खादेही बस्ने २० वर्षीय रोहीत दयालको मृत्यु भएको छ ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस