भरतपुर अस्पताल केन्द्रीय अस्पताल बन्ने सम्भावना बढ्यो

सुरेन कुँवर

विहीबार, २१ भदौ २०७५, १५ : ५६
भरतपुर अस्पताल केन्द्रीय अस्पताल बन्ने सम्भावना बढ्यो

चितवन : भरतपुर अस्पताल केन्द्रीय अस्पताल बन्ने सम्भावना बढ्दै गएको छ । अस्पतालको पछिल्लो पटक उपप्रधान तथा स्वास्थयमन्त्री उपेन्द्र यादवले अस्पताल भ्रमणका क्रममा केन्द्रीय हैसियत दिने आधारहरु पेश गर्न भनेसँगै केन्द्रीय बन्ने सम्भावना बढदै गएको अस्पतालका मेसु डा रविन खड्काले जानकारी दिनुभयो ।
मन्त्रीज्युको भनाई अनुसार अस्पतालको गुरुयोजना सहितको प्रस्ताव पत्र पेश गरेका छौ ,मेसु डा खड्काले भन्नुभयो, “यसमा हामी आशावादी छौ” ।
सोमबार बस्ने क्याबिनेटमा भरतपुर अस्पताललाई केन्द्रीय बनाउने विषयमा प्रस्ताव पेश हुदैछ । भरतपुर अस्पतालको नामकरण केन्द्रीय नभएपनि हैसियत भने केन्द्रीय नै हुने खड्काले सफल खबरलाई जानकारी दिनुभयो । क्याबिनेटबाट प्रस्ताव पास गराएसँगै अस्पताल केन्द्रीय हैसियतको बन्ने छ ।
चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य एवं नेकपा का अध्यक्ष पुष्पकमल दाहाल पनि भरतपुर अस्पताललाई केन्द्रीय हैसियतको बनाउने विषयमा पुरै सकारात्मक रहेको उहाँले जानकारी दिनुभयो ।
‘मन्त्रीज्यू स्वंय आएर भरतपुर अस्पतालको सेवा सुविधा र विरामीको चापका बारेमा जानकारी लिइसक्नुभएको छ, उहाँ अति नै सकारात्मक हुनुहुन्छ’ मेडिकल सुपरिटेण्डेन्ट डा. खड्काले भने, ‘भरतपुर अस्पताललाई प्रदेश वा स्थानीय सरकारको मातहतमा राख्दा यसको वृत्ति र विकास रोकिन्छ भन्नेमा मन्त्री ज्यू पनि कन्भिन्स हुनुहुन्छ ।’
गएको असार ३२ गते सरकारले अस्पताल विकास समिति खारेज गर्दै अस्पताललाई प्रदेश सरकार मातहत रहने व्यवस्था गरेको थियो ।
यहाँको भौतिक संरचना ,सेवा र जनशक्तिका कारण अस्पताल केन्द्रीय बन्ने सम्भावना बढि रहेको मेसु डा खड्काको भनाई छ । 
अस्पतालले अहिले ६ सय शौयाबाट विरामीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । 

प्रतिक्रिया दिनुहोस