ब्लड र 'बोन म्यारो' क्यान्सर पीडित सुनितालाई सहयोग गर्न अपिल

सफल खबर संवाददाता

मंगलबार, ०२ माघ २०८०, १२ : ५६
ब्लड र 'बोन म्यारो' क्यान्सर पीडित सुनितालाई सहयोग गर्न अपिल

काठमाडौं। स्याङ्जाको चापाकोट नगरपालिका-७ कि सुनिता खनाल ब्लड र बोन म्यारो क्यान्सरबाट पीडित छिन् । बुटवल बहुमुखी क्याम्पसमा बीबीए छैठौं सेमेस्टरमा अध्यनरत खनालको हाल भारतको दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार भइरहेको आमा मिरा खनालले बताइन् ।

उनका अनुसार सुनिताको उपचारमा भएभरको सम्पत्ति सकिएपछि थप उपचार गर्न समस्या भएको छ । आर्थिक अभावले सुनिताको थप उपचारमा समेत समस्या भइरहेको उनले बताइन् ।

उनले आर्थिक सहयोगको अपिलसमेत गरेकी छन् । देश विदेशमा रहेका सहयोग गर्न चाहने दाताहरूले सुनिताकै नाममा रहेको एनआईसी एसिया बैंकको खाता नम्बर १०५५७५११०६३००००१ मा सहयोग गर्न उनले आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस