माओवादी कार्यदलको बैठक बालुवाटारमा

सफल खबर संवाददाता

आइतबार, २९ पुस २०८०, १२ : २९
माओवादी कार्यदलको बैठक बालुवाटारमा

काठमाडौँ । माओवादीद्वारा गठित विधान मस्याैउदा कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको कार्यदल ले पूरक प्रस्ताव लगाएत शनिवार स्थायी कमिटीबाट आएको सुझावलाई समेटेर अन्तिम रूप दिने सदस्य गणेश साहले जानकारी दिए ।

कार्यदलको बैठक बसेको छ । पूरक प्रस्ताव र बैठकबाट आएको सुझावलाई समेटेर मस्याैदालाई अन्तिम रूप दिइन्छ, उनले भने ।

स्थायी समिति बैठकले २१ दिन छलफलको लागि तल्लो तहमा पठाउने निर्णय गरेको थियो । आगामी फागुन १ देखी ३ गतेसम्म काठमाडौँमा प्रथम अधिवेशन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस