फेसबूक अभियानमार्फत सङ्कलन गरिएको रकम क्यान्सरपीडितलाई प्रदान

सफल खबर संवाददाता

शनिबार, २८ पुस २०८०, १५ : ०७
फेसबूक अभियानमार्फत सङ्कलन गरिएको रकम क्यान्सरपीडितलाई प्रदान

संखुवासभा। सङ्खुवासभाको सभापोखरी गाउँपालिका–१ लेब्राङका क्यान्सरपीडित एक पुरुषलाई उपचारका लागि रु दुई लाख ७० हजार आर्थिक सहयोग प्रदान गरिएको छ ।फेसबूक अभियानमार्फत अमेरिकामा सङ्कलन गरिएको उक्त रकम क्यान्सरपीडित ३५ वर्षीय उमेश श्रेष्ठलाई प्रदान गरिएको हो ।

 

श्रेष्ठको उपचारका लागि ५२ नेपालीबाट सङ्कलन गरिएको सो रकम प्रदान गरिएको खाँदबारी नगरपालिका–११ घर भई हाल अमेरिकास्थित वासिङ्टन बस्ने लीला श्रेष्ठले जानकारी दिए ।

फेसबूक अभियानबाट अमेरिकामा जुटाएको रकम जनज्योति माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक होमबहादुर अधिकारीमार्फत क्यान्सरपीडित श्रेष्ठको उपचारका लागि प्रदान गरिएको उनले बताए ।

 

 

दश वर्षअघि फेरिएको मिर्गौला पुनः फेर्नुपर्ने भएकाले आर्थिक अभावका कारण सहयोगका लागि पीडित परिवारले याचना गरेका थिए । 

पैसाको अभावमा क्यान्सर रोगको उपचार गर्न नसकेका श्रेष्ठलाई उपचारमा सहयोग गर्न अभियान सञ्चालन गर्दै आएको उनले बताए । क्यान्सरपीडित श्रेष्ठलाई अहिले स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग जुटेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस