काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाङ बस दुर्घटनामा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
बाँकेको नेपालगञ्जबाट काठमाडौंका लागि छुटेको भे १ ख ३९१२ नम्बरको बस शुक्रवार राति साढे १० बजेतिर दाङको देउखुरीको राप्ति गाउँपालिका-१ भालुवाङस्थित राप्ति नदीको पुलबाट खस्दा १२ जनाको मृत्यु भएकोमा देउवाले विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका हुन् ।
दुर्घटनामा परी २२ जना घाइते भएका छन् । देउवाले घाइतेहरूको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेका छन् ।
पछिल्लो समय यस्ता सडक दुर्घटना बढ्दै गइरहेकोले तत्काल एक कार्यदल गठन गरी घटनाहरूको गहिरो अध्ययन गरेर यस्ता घटनाहरूलाई नियन्त्रण गर्न/गराउन पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ पुस २०८०, १२ : ००
लेखकबाट थप