काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले बताए ।
बैठकमा पार्टीको विधान संशोधनबारे छलफल बैठकको मुख्य एजेण्डा रहेको सापकोटाले बताए । पार्टीको विधान मस्यौदा समितिले १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमाथि पनि आजको बैठकमा छलफल हुने उनले बताए ।
त्यस्तै, बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समीक्षा पनि हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ पुस २०८०, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने