नागरिक उन्मुक्ति पार्टीको महासचिवमा सांसद गंगाराम चौधरी निर्विरोध

सफल खबर संवाददाता

शनिबार, २८ पुस २०८०, ०८ : ३३
नागरिक उन्मुक्ति पार्टीको महासचिवमा सांसद गंगाराम चौधरी  निर्विरोध

काठमाडौ । लामो रस्साकस्सीपछि नागरिक उन्मुक्ति पार्टीको महासचिवमा प्रतिनिधि सभा सदस्य गंगाराम चौधरी निर्विरोध निर्वाचित भएका छन्।

कैलालीको टिकापुरमा जारी प्रथम राष्ट्रिय महाधिवेशनले चौधरीलाई महासचिव चयन गरेको हो।

महासचिवमा धर्म चौधरी र ठाकुर सिंह थारुको पनि उम्मेदवारी थियो। त्यसपछि ठाकुरसिंह थारुले उम्मेदवारी फिर्ता लिए। 

लुम्बिनी प्रदेशका भौतिक विकासमन्त्री समेत रहेका धर्म चौधरीलाई अन्य जिम्मेवारी दिने समझदारीमा गंगाराम चौधरीलाई महासचिव चयन गरिएको नेताहरुले बताएका छन्। 

यसअघि अध्यक्षमा रेशमलाल चौधरीसहित २५ जना पदाधिकारी पनि निर्विरोध निर्वाचित भइसकेका छन्। 

प्रतिक्रिया दिनुहोस