काठमाडौं । मकवानपुरमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
मकवानपुर गढी गाउँपालिका १ बादरखोल्सीस्थित भित्रि सडकखण्डमा लेनडाँडाबाट बादरखोल्सी जाँदै गरेको बागमती प्रदेश –०३–००१ ख १४८९ नम्बरको टिपर गएराति साढे १२ बजे सडकबाट झण्डै १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएको हेटौंडा १५ रातोमाटे बस्ने २२ बर्षीय सुकेदव पाख्रिनको उपचारका क्रममा हेटौंडा अस्पतालमा आज विहान मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ पुस २०८०, ०९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाउन्नेमा तीनवटा सवारी साधन एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु, १५ घाइते
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
रसुवामा कन्टेनर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु
पर्वतमा बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु