काठमाडौं । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँको भिमादमा दुर्घटना भएको छ । बसलाई साइड दिने क्रममा जिप सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकले प्रहरीलाई बताएअनुसार जिपमा १०–१२ जना यात्रु थिए । यात्रुहरुको अवस्थाबारे थाहा हुन सकेको छैन ।दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ पुस २०८०, ११ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु