काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ७५३ वटै स्थानीय तहबाट पुनः श्रमस्वीकृतिको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
श्रममन्त्री शरदसिंह भण्डारीलगायतसँग मंगलवार मन्त्रालयमै भएको छलफलमा प्रधानमन्त्रीले वैदेशिक रोजगारीका स–साना कामका लागि पनि काठमाडौं धाउनुपर्ने परिस्थितिको अन्त्य गरी सम्भव सबै सेवा स्थानीय तहबाटै दिने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।
‘वैदेशिक रोजगार सूचना प्रणाली (एफईएमआईएस)लाई अद्यावधिक गरी विदेशस्थित नियोग, रोजगारदाता श्रमिक र ७५३ स्थानीय तहको पहुँच हुने गरी विस्तार गर्नुहोला,’ उनले भने, ‘साथै, पुनः श्रम स्वीकृति दिने कार्य ७५३ स्थानीय तहबाटै दिने व्यवस्था तत्काल मिलाउनुहोस् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ पुस २०८०, १३ : ५७
लेखकबाट थप