संवैधानिक परिषद् भागवण्डा परिषद् भयो : अर्जुननरसिंह केसी

सफल खबर संवाददाता

आइतबार, २२ पुस २०८०, १२ : ११
संवैधानिक परिषद् भागवण्डा परिषद् भयो : अर्जुननरसिंह केसी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संवैधानिक परिषद् भागवण्डा परिषदमा रूपान्तरण भएको बताएका छन् । आज प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै केसीले संवैधानिक निकायमा सक्षम व्यक्ति नपुग्दा जनतामा निराशा बढिरहेको बताए । 

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको संशोधनमाथि आफ्नो धारणा राख्दै उनले संवैधानिक निकाय निरीह र असक्षम  रहेको बताए । 

संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि विज्ञ टोलीले रोष्टर बनाउनुपर्ने र त्यो रोष्टरबाट उपयुक्त व्यक्तिलाई संवैधानिक परिषद्ले स्वसहमतिले पारित गर्नुपर्ने उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस