आमा बन्दै अभिनेत्री दीपिका

सफल खबर संवाददाता

सोमबार, १६ पुस २०८०, १४ : ०२
आमा बन्दै अभिनेत्री दीपिका

काठमाडौँ । अभिनेत्री दीपिका प्रसाईँ आमा बन्ने भएकी छन् । फिल्म निर्देशक तथा दीपिकाका पति दिवाकर भट्टराईले उनी आमा बन्न लागेको सार्वजनिक गरेका हुन् । निर्देशक भट्टराईले सामाजिक सञ्जालमा अङ्ग्रेजी नयाँ वर्षको शुभकामना दिँदै सन्तान प्राप्त गर्न लागेको जानकारी दिएका छन् ।

दीपिकाले पनि आफूहरू अभिभावक बन्न लागेको र सन्तान आउँदै गरेको उल्लेख गरेकी छन् । भट्टराईलेले सामाजिक संजालमा दीपिकाको एक तस्बिर सहित लेखेका छन्, ‘ तिम्रो अनि मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण अनि सुन्दर परिचय थपिएको छ माया ! तिमी आमा बन्दैछौं अनि म बाबा ।

अनि म कति खुसी छु । तिमीलाई कति धेरै माया गर्छु । यो अनुभूति भन्नलाई यो शब्द अरू अपुरो छ । मलाई थाहा छ तिमीले बुझेको छौ । यो हाम्रो जीवनको अनि प्रेमको सुन्दर यात्रा हो । माया जीवन भर तिमीसँगै यसै गरी हिँड्न पाईराखौँ । यही एउटा चाहना छ ।’ दिवाकरको पोस्टमा धेरैले बधाई दिएका छन् । दिवाकर र दीपिकाले ४ वर्षअघि विवाह गरेका थिए । केही वर्षको प्रेम सम्बन्धपछि विवाह गरेका यी दुई पछिल्लो समय ‘मायावी’ फिल्मको काममा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस