पैसा दिएर मान्छे मार्नेलाई लिगलाइज गर्ने काम बन्द गरौँ : राजेन्द्र पाण्डे

सफल खबर संवाददाता

सोमबार, १६ पुस २०८०, १३ : ०९
पैसा दिएर मान्छे मार्नेलाई लिगलाइज गर्ने काम बन्द गरौँ : राजेन्द्र पाण्डे

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले केही रकम दिएर मार्नेलाई लिगलाइज गर्ने काम बन्द गर्नुपर्ने बताएका छन् । सोमबार सिंहदरवामा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले बालकुमारी घटनामा मारिएका युवाको परिवारलाई स्थायी रूपमा व्यवस्थापन गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराए ।

उनले भने, ‘त्यहाँ रेगुलर आन्दोलन भइरहेको सरकारलाई थाहा थियो । त्यत्रो घटना भएको कसैलाई थाहा हुँदैन ? ललितपुरको सिडिओ र पुलिसलाई थाहा छैन ? काठमाडौँ प्रहरीलाई थाहा छैन ? गृहमन्त्री, मन्त्रालयलाई थाहा छैन ? राष्ट्रिय अनुसन्धानलाई थाहा छैन ?’

पाण्डेले त्यो घटनालाई ख्यालख्याल ठान्दा दुर्घटना भएको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस