बालकुमारी घटनामा उच्चस्तरीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

सफल खबर संवाददाता

आइतबार, १५ पुस २०८०, १४ : ०८
बालकुमारी घटनामा उच्चस्तरीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

काठमाडौँ । नेपाली कांग्रेसले ललितपुरको बालकुमारी घटनामा उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको छ ।  केन्द्रीय कार्यसमितिको बैठकले उच्चस्तरीय छानबिन समिति गठनको निर्णय गरिएको कांग्रेसको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

गएको शुक्रवार बालकुमारीमा ईपीएस शाखाबाट कोरिया भाषा परीक्षामा वञ्चित गरिने निर्णयविरुद्ध आन्दोलन गर्दा दुई युवकको मृत्यु भएको थियो । घटनाको छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरिसकेको छ । तर कांग्रेसले न्यायिक आयोग गठनको माग गरेको छ ।

कांग्रेसले  मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क उपचारको माग पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस