काठमाडौं। दाङमा बस दुर्घटना भएर घाइते हुनेको संख्या ३५ पुगेको छ । यसअघि दाङ प्रहरीले २० जना घाइते भएको जनाएको थियो । अहिले १५ जना थपिएका छन् ।
जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार तुलसीपुर उपमहानरपालिका १३ पिपरुवाबाट चखौरा जाँदै गरेको भे१ख २०४१ नम्बरको बस आइतवार विहान ७ बजे दुर्घटना भएको हो।घाइते सबैलाई राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको डीएसपी जनकबहादुर मल्लले जानकारी दिए ।
घाइते हुनेमा विष्णु थारू, निरु थारू, ढन्जु चौधरी, शन्ताराम थारू, कृतिका थारू, अनिता थारू, सिद्धार्थ थारू, रुपा थारू र सरु थारू छन् ।यस्तै राम गोपाल थारू, प्रिन्सा थारू, प्रभाकुमारी थारू, जुना थारू, प्रविना थारू, सुरेशकुमार थारू, आदित्य थारू, रक्षा थारू, वसन्ती थारूलगायत पनि घाइते भएका छन् ।
घाइतेहरू वनभोज गएका पिपरहवा कृषि कृषक समूहका सदस्य हुन् ।यसअघि दाङ प्रहरीले २० जना घाइते भएको जनाएको थियो । अहिले १५ जना थपिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ पुस २०८०, १० : ५७
लेखकबाट थप