चितवनमा भन्सार छलेर ल्याइएको लत्ताकपडा बरामद

हिरालाल आचार्य ‘डायमण्ड’

सोमबार, १८ भदौ २०७५, १७ : ३४
चितवनमा भन्सार छलेर ल्याइएको लत्ताकपडा बरामद

चितवन । चितवन प्रहरीले भन्सार छलि गरी ल्याएको कपडा बरामद गरेका छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले ना ३ ख ४३५९ नं.को ट्रक चेकजाँच गर्ने क्रममा आइतबार गोन्द्राङबाट १२ लाख ९८ हजार ७ सय ५० रुपैयाँ बराबरको लत्ताकपडा फेला पारेको हो ।
त्यस्तै आइतबार नै नारायणगढ शहिदचोकबाट करिव ५५ हजार रुपैयाँ र भरतपुर बसपार्कबाट करिव १ लाख ६३ हजार ३ सय रुपैयाँ बराबरको भन्सार छली गरी ल्याएको लत्ताकपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक प्रभु प्रसाद ढकालले जानकारी दिनुभयो ।
बरामद भएको उक्त लत्ताकपडाहरु र ट्रकलाई सोमबार बीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको प्रहरी नायव उपरीक्षक ढकालले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस