फिल्म हलको इजाजत नवीकरण गर्न सूचना, बोर्डले दियो ३५ दिनको म्याद

सफल खबर संवाददाता

विहीबार, १२ पुस २०८०, ०७ : ५९
फिल्म हलको इजाजत नवीकरण गर्न सूचना, बोर्डले दियो ३५ दिनको म्याद

काठमाडौ । चलचित्र विकास बोर्डले चलचित्रघर (फिल्म हल)हरुको इजाजतपत्र नवीकरण गराउन सार्वजनिक सूचना जारी गरेको छ ।

बिहीबार एक सूचना जारी गर्दै बोर्डले नेपालभर सञ्चालनमा रहेका चलचित्रघरहरूलाई चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ र चलचित्र निर्माण, प्रदर्शन तथा वितरण नियमावली, २०५७ बमोजिम इजाजत नवीकरण गर्न अनुरोध गरेको हो । 

बोर्डले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा चलचित्रघर र चलचित्र प्रदर्शन ईजाजतपत्र अद्यावधिक रहेको कागजात बोर्ड समक्ष पेश गर्न अनुरोध गरेको छ । 

सो अवधिभित्र कागज प्रमाण पेश नगर्ने चलचित्रघरहरूको सन्दर्भमा प्रचलित कानून बमोजिम कारवाही हुने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस