एनएसएल फाइनल प्रवेशका लागि पोखरा र ललितपुर भिड्दै

सफल खबर संवाददाता

विहीबार, १२ पुस २०८०, ०७ : १७
एनएसएल फाइनल प्रवेशका लागि पोखरा र ललितपुर भिड्दै

काठमाडौं ।  नेपाल सुपर लिगको फाइनल प्रवेशका लागि आज पोखरा थन्डर्स र  ललितपुर सिटी एफसी बीच खेल हुँदैछ। दशरथ रंगशालामा खेल साँझ साढे ५ बजे सुरु हुनेछ। 

 एलिमिनेटरमा साबिक विजेता काठमाडौं रेजर्समाथि एक पक्षीय जित हात पारेको ललितपुर  र धनगढीसँग पराजित  पोखराबीचको खेल निकै रोमाञ्चक हुने अपेक्ष गरिएको छ।  

गत सोमबार शीर्ष दुई टिम पोखरा र  धनगढीबीचको पहिलो क्वालिफायर जारी सिजनकै उत्कृष्ट खेल बन्यो। धनगढीले पोखराको दुई पटकको अग्रता उल्ट्याउँदै खेल टाई ब्रेकरमा पुर्‍यायो।  पोखराका लागि सुरुवाती गोल गरेका आयुष घलान पेनाल्टीमा चुके। अतिरिक्त समयको अन्तिम मिनेटमा जोगिन नसक्दा पोखरा स्तब्ध बन्यो

ललितपुरले एलिमिनेटरमा साबिक विजेता काठमाडौंविरुद्ध तीन शून्यको सहज जित हात पार्‍यो। लिगको अन्तिम खेलमा काठमाडौंले ललितपुरलाई नै एक–शून्यले हराएको थियो।  ललितपुरले काठमाडौंलाई पराजित गरेको पनि यो पहिलो पटक हो।

यी दुई टिमबीच अहिलेसम्म भएका दुई भेट गोलरहित बराबरीमा सकिएका छन्। यो खेल जित्ने टिमले पहिलो पटक फाइनलमा स्थान बनाउनेछ। फाइनल खेल शनिबार हुनेछ। 

प्रतिक्रिया दिनुहोस