काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधवार ३५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट उक्त तरलता उठाउने भएको हो ।
पुस १ गतेयता केन्द्रीय बैंकले ७० अर्ब रुपैयाँ तरलता उठाइसकेको छ । बुधवार उठाउने थप ३५ अर्बसहित यो महिना १ खर्ब ५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्नेछ ।
राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार निक्षेप सङ्कलन उपकरणमार्फत ३५ अर्ब रुपैयाँ १४ दिनका लागि उठाउन लागिएको हो । अनलाइन विडिङ सिस्टममार्फत बोलकबोल हुने निक्षेप सङ्कलन आजै खरिद गरिने राष्ट्र बैंकले जनाएको छ ।
इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी यहि पुस २५ गते हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ पुस २०८०, १२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति
नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी (सूचनासहित)
बैंकिङ प्रणालीबाट ६० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक
नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्यायो
केन्द्रीय बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने
बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने