शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन बालुवाटारमा शीर्ष नेताहरूको बैठक

सफल खबर संवाददाता

सोमबार, ०९ पुस २०८०, १८ : ३७
शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन बालुवाटारमा शीर्ष नेताहरूको बैठक

काठमाडौं । प्रमुख तीन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पुर्‍याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूबिच बैठक सुरु भएको हो । 

बैठकमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कानूनमन्त्री धनराज गुरुङ, माओवादीका उपमहासचिव वर्षमान पुन, एमालेका सचेतक महेश बर्तौलालगायत सहभागी छन् । यसअघि आइतबार पनि प्रधानमन्त्रीले देउवा र ओलीलाई बालुवाटारमा बोलाएर सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउने विषयमा छलफल गरेका थिए । 

प्रतिक्रिया दिनुहोस