१ करोड १५ लाख बराबरको अवैध प्याज नियन्त्रणमा

सफल खबर संवाददाता

सोमबार, ०९ पुस २०८०, १० : १६
१ करोड १५ लाख बराबरको अवैध प्याज नियन्त्रणमा

बारा । बारामा प्रहरीले १ करोड रुपैयाँभन्दा बढीको अवैध प्याज नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय बारा मातहत समेतबाट खटिएको प्रहरी टोलीले गत भाद्रदेखि हालसम्ममा विभिन्न मितिमा भन्सार छलीका अवैध प्याज १ करोड १५ लाख ८ हजार ७ सय रुपैयाँ मूल्य बराबरको नियन्त्रणमा लिएको हो ।

सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार नियन्त्रणमा लिएको प्याजलाई आवश्यक कारबाहीको लागि राजश्व कार्यालय पथलैया बारा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस