ईन्डो-नेपाल सुजन म्युजिक अवार्ड सम्पन्न

सफल खबर संवाददाता

शनिबार, ०७ पुस २०८०, १३ : १९
ईन्डो-नेपाल सुजन म्युजिक अवार्ड सम्पन्न

काठमाडौं। 'ईन्डो-नेपाल सुजन म्युजिक अवार्ड– २०२३' सम्पन्न भएको छ । सुजन म्युजिक प्रालिले आयोजना गरेको कार्यक्रम भारतको नयाँ दिल्लीमा सम्पन्न भएको हो । 

 

कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा लाइफटाइम एचिप्मेन्ट अवार्ड वरिष्ठ गायक ईन्द्र जीसी, लोक संस्कृति जर्गेना अवार्ड ईन्द्रेणीका कृष्ण कंडेल, मौलिक गायक अवार्ड कुमार पुन र अन्तर्राष्ट्रिय कला सम्मान धुब्र राना मगरलाई प्रदान गरिएको थियो ।

यस्तै, कलाकारिता प्रोत्साहन अवार्ड एशियाकै होची महिला मञ्जु घिमिरे (मोना), लोक पत्रकारिता सम्मान सञ्चारकर्मी तथा गायक राजकुमार रायमाझी, कला पत्रकारिता सम्मान पत्रकार प्रकाश बराईलीलाई प्रदान गरिएको सुजन म्युजिककी अध्यक्ष जमुना रानाले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस