पेरूको अन्तर्राष्ट्रिय विमानस्थलबाट चार हजार कछुवा बरामद

सफल खबर संवाददाता

शुक्रबार, ०६ पुस २०८०, १५ : ४८
पेरूको अन्तर्राष्ट्रिय विमानस्थलबाट चार हजार कछुवा बरामद

लिमा । पेरूको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेजनमा उत्पत्ति भएका करिब चार हजार कछुवा बरामद गरिएको राष्ट्रिय वन्यजन्तु सेवाले जनाएको छ ।  

राष्ट्रिय वन तथा वन्यजन्तु सेवाले विज्ञप्तिमार्फत् इन्डोनेसियामा निर्यात गर्न लागेका जोर्ज चाभेज एयरपोर्टमा जीवित कछुवाहरूको ढुवानीलाई रोकेको जनाएको छ । 

विज्ञप्तिका अनुसार बरामद गरिएका बच्चा कछुवाहरू ‘कार्डबोर्ड बक्स’ भित्र सानो पारदर्शी प्लास्टिकका भाँडामा फेला परेका थिए ।

पछिल्लो समयमा कछुवाहरू वन्यजन्तु वनस्पति परिशिष्टको लोपोन्मुख प्रजातिहरूमा अन्तर्राष्ट्रिय व्यापारको महासन्धि साईटिसमा सूचीबद्ध छन् ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले कछुवालाई लोप हुने जोखिममा रहेको सूचीमा राखेको छ । 

इन्टरपोलका अनुसार अवैध वन्यजन्तु उत्पादनको कालो बजार प्रतिवर्ष २० अर्ब डलरसम्मको हुन्छ  । परिणामस्वरूप धेरै प्रजातिलाई लोप हुने सङ्घारमा धकेलिरहेको छ ।

साइटिसले कछुवाहरू संसारमा सबैभन्दा खतरामा परेका जनावरहरूमध्ये एक भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस